चीनमा राति ६.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

चीन, १ वैशाख । चीनमा बुधबार राति ६.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा भूकम्पका कारण कडा धक्का महसुस गरिएको बताएको छ । तिब्बतमा करिब एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ । अन्य राज्यहरुमा पनि धक्का महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापितदेखि ३९६ किलोमिटर उत्तरमा १३५ किमि गहिराईबाट गएको अमेरिकी भूगर्भ मापन केन्द्र युुएसजीएसले जनाएको छ । जर्मनीको भूगर्वशास्त्र अनुसन्धान केन्द्रले भने बुधबारको भूकम्प ७.१ म्याग्निच्युडको भएको जनाएको छ । भूकम्पको धक्का म्यानमारका अधिकांश भूभाग, भारत, बङ्गलादेश, चीन, नेपाललगायतका दक्षिण एसियाली मुलुकमा पनि महसुस गरिएको थियो । भारतको पूर्वी आसाम राज्य र बङ्लादेशको पश्चिमी भूभागमा भूकम्पको ठुलो धक्का महशुस गरिएको प्राप्त समाचारमा उल्लेख छ । भूकम्पबाट भएको क्षतिको विवरण बुधबार साँझ समाचार तयार गर्दासम्म आइसकेको छैन । रासस/एएफपी

0 comments

Write Down Your Responses