मृतक भनिएका चालक २ दिन पछि सम्पर्कमा आउदा …!!
दाङ–दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुई दिन पछि सम्पर्कमा आएका छन् । घाइते अवस्थामा उनी आज बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । Capture जिबत चालक दुर्घटनामा परी ट्याक्टर चालक रोल्पा कोटगाउँ–१ का २१ बर्षका रामचन्द्र घर्ती र सहचालक जङकोट गाविस १ निबासी १९ बर्षका सुनिल पुनको मृत्यु भएको प्रहरीले बताएको थियो । सम्पर्कमा आएका चालकलाई गाडि मालिक राजविर घर्तिले मृतक, चालक नै भएको र आमा पुनि मगर र आफन्तले पनि मृतक आफनै छोरो नै भएको दाबी गर्दै पोष्टमार्टम पछि राप्तीअंचल अस्पतालबाट शब बुझेर लगे पछि प्रहरीले घटनाको पुष्टि गरेको थियो । मृत्यु भएको भनिएका चालक घर्ति विहान ९ बजे घाइते अबस्थामा आए पछि प्रहरीले चालकका आफन्तलाई सम्पर्क गरेर जानकारी गराए पछि अन्त्यष्टि गर्न रोल्पा लग्दै गरको शव फिर्ता ल्याउन लागेका छन् । चालक उपचार पछि प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना घटेपछि नजिकै रहेको राम्री भन्ने गाउँमा गएर बसेको र पछि होस आए पछि अस्पतालमा आएको उनले प्रहरीलाई बयान दिएका छन् । मृतक व्यक्ति दाङको विजौरी जाने भन्दै सल्यानको श्रीनगरबाट चढेको चालकले बताएका छन् । तर मृतक कोहुन ? भन्ने कुरा अझै खुलेको छैन् । आफनो छोरो भन्दै लगेको अर्कैको शव अब डेढघण्टा पछि तुलसीपुरमा ल्याइपु¥याउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीनिरीक्षक सन्तोष रोकामगरले जानकारी दिएका छन् ।

0 comments
Write Down Your Responses