किन यस्तो स्टाटस लेख्न बाध्य भइन् प्रियंका?

पोस्ट तथा तस्विरहरूमा कलाकारहरूलाई गाली गर्नेहरूको जमात पनि ठूलै हुने गर्छ। विशेषगरी महिला सेलिब्रेटीहरू यस्ताहरूबाट अत्याधिक पीडित भएको पाइन्छन्। उनीहरूलाई अश्लिल र भद्दा कमेन्ट गर्नेहरूको कुने कमी छैन्। नायिका प्रियंका कार्कीले आफू पनि यसबाट पीडित भएको दुखेसो गरेकी छन् उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो दुखेसो गरेकी छन्। उनले आफूलाई भद्दा र अश्लिल गाली गर्दा आनन्द आँउछ भनेर प्रश्न गरेकी छन्। उनले आइतबार 'मेरो मन रूवाउनेहरूका लागि' भन्ने शीर्षकमा स्टाटस लेखेर चित्त दुखाएकी छन्। उनले आफू कसैलाई मनपर्दिन भने ब्ल्क गर्न आग्रह गरेकी छन्। उनले आफू पनि कसैको छोरीचेली भएकाले आफ्ना घरका छोरीचेलीलाई आफूलाई जस्तो गाली गरेमा जस्तो अनुभव हुन्छ आफ्नो परिवारलाई पनि त्यस्तै हुने भएकाले त्यसो नगर्न अनुरोध गरेकी छन्। आफ्ना फेसबुक स्टाटसमा प्राय खुशीका कुरा नै साट्ने प्रियंकाले किन यस्तो लेखिन्? नेपालमा विशेष गरी महिला कलाकर्मीका बारेमा यस्ता टिप्पणी गर्ने गरिन्छ। यस्तो हर्कत आफैमा अशोभनिय कार्य हो। पढ्नुस प्रियंकाको स्टाटस्: मेरो मनलाई रुवाउनेहरुका लागि - जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई? के मैले कुनै प्रकरको चोट पुराए तपाईलाई? व्यक्तिगत रूपमा ठेस पुराए?? 'रन्....', 'भा...', 'वेश्......'.... यस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो? एकदम महान् काम गरे झैं लाग्छ हो? हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरि फिल।म सुटिङ, घरि कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाई मनोरंजन दिन घरि कतार, घरि मलेसिया त घरि अस्ट्रेलिया पुग्छौ। के को लागि? यहि आलोचना खप्नको लागि? कति चित्त दुख्छ होला सोच्नुस्। यहाँहरुको घरमा छोरी-चेली छैनन? एक पटक सोच्नुस त, तपाईको घरको दिदी-बहिनी, आमा, भाउजू, छोरीहरु माथी यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाईलाई कस्तो महसुस हुन्थ्यो? ठिक त्यस्तै महसुस हुँदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई। कहिलेकाँहि मामुले फोन गरेर 'छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर' भन्नू हुन्छ। कति चित्त दुख्छ होला उहाँको। तपाईलाई यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउँदै नआउनुस्। बरु ब्लक गर्नुस् मलाई तर अश्लिल, जथाभावी कृपया नलेखि दिनुस् होला। देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कसले त? यति भन्न चाहन्थे। धन्यवाद।

0 comments

Write Down Your Responses