News
»
दुई छोरालाई बिष खुवाएर मारी आफु पनि नजिकैको रुखमा झुण्डीएर आत्महत्या किन गरे यी बाबुले ?
दुई छोरालाई बिष खुवाएर मारी आफु पनि नजिकैको रुखमा झुण्डीएर आत्महत्या किन गरे यी बाबुले ?
भनिन्छ, श्रीमान– श्रीमतीको झगडा भनेको परालको आगो हो । आगो जति नै दन्के पनि केही समयमा आफै निभ्छ । तर कतिपय आगो त्यस्तो हुन्छ जुन आगोले परालमात्र डढाउँदैन त्यसले घर र धेरैको मन डढाउँछ । ठीक यस्तै घटना घटेको छ नवलपरासी जिल्ला विजयपुरी, २ सेउरानी गाविस स्थित ३० वर्षीय प्रताप कुमालको घरमा ।
विगत लामो समयदेखि श्रीमान र श्रीमतीको झगडा रहेको र श्रीमती चौधरी ग्रुपको चाउचाउ उद्योगमा राती काम गर्ने गर्थिन । श्रीमतीले राती काम गरेको श्रीमानलाई खासै चित्त बुझेको थिएन । एक स्थानीय बासिन्दाले भने, ‘श्रीमानले लामो समयदेखी राती काम नगर भन्दै आएका थिए, श्रीमतीले नमान्दा घर झगडा बढदै गएको थियो ।
शनिबार पनि साँझ खाना खाने समयमा झगडा भएको र झगडा पछि श्रीमती कार्यालय तर्फ गएपछि श्रीमान प्रताप कुमालले दुई छोराहरु ९ वर्षका प्रदिप कुमाल र ७ वर्षको एन्जील कुमाल लिएर जंगल तर्फ गएको स्थानीयको भनाई छ । बाबु प्रताप कुमालले छोराहरुलाई दाउन्ने बजारमा लगेर चाउचाउ र तरकारी खुवाएको बताईएको छ । उनीहरुले खाजा खाएपछि जम्बो कोक समेत लिएर गएको प्रत्यक्ष दर्शीले बताए ।
स्थानीयका अनुसार बाबुले दुई छोरालाई रातको समयमा स्थानीय बौद्व गुम्बातर्फ लैजाँदै गर्दा छोराहरुले बाबा कहाँ जान लागेको भनेर सोध्दा आउन लाग्यो केही समयमा नै आईपुग्छ भन्दै लगेको बताइएको छ । रातको लगभग १० देखी १२ बजेको बिचमा घटना घटेको स्थानीयको अनुमान रहेको छ ।
मृतक बालकको मुखमा सेतो फिज देख्दा पहिला छोराहरुलाई विष खुवाएर मारेका र पछि आफुले आत्माहत्य गरे्को हुनसक्ने पुर्वानुमान गरिएको छ । उनीहरुको साथबाट विष, दुई ओटा डोरी, कोक फेला परेको छ । गुम्बामा रहेका भिक्षुहरुले सरसफाई गर्दा उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । छोराहरुले नेपाल मावी लेखेको पेटी लगाएको स्थानीयको भनाई छ ।
घटनाको विषयमा अध्ययन गरि रहेका छौं प्रहरी परिसर दाउन्नेका डिएसपी पर्शुराम तिवारीले लाइटनेपाल डटकमसँग भने,‘घटना निकै शंकास्पद देखिएको छ । मृतकका आफन्तलाई बोलाएर मृतकको शव पोष्टमाटमका लागि दुमकोली स्थित सरकारी अस्पतालमा पठाएको छौं, अनुसन्धान जारी छ ।’
0 comments
Write Down Your Responses