अमेरिकले नेपाललाई किन लगायो यस्तो गम्भीर आरोप ?

काठमाडौं, ६ वैशाख । कूटनीतिक मामिलामा मुलुक पूरै असफल भएको पुष्टि हुनेगरी अमेरिकाले मानवअधिकार प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले गत बिहीबार सार्वजनिक गरेको विश्वका विभिन्न देशहरूको मानवअधिकारसम्बन्धी विवरणमा नेपालको हालत ज्यादै दयनीय रुपमा चित्रित गरिएको छ । विश्वका एक सय ९९ देशको मानवअधिकारको अवस्था सार्वजनिक गरिँदा नेपाल मामिलालाई ४९ पृष्ठमा ठाउँ दिइएको छ । यसको संकेत हो– ‘नेपालमा मावनअधिकारको अवस्था धेरै नै खराब छ ।’ १० वर्षे माओवादी द्वन्द्वकालको भन्दा पनि भयावह रुपमा नेपालमा मानवअधिकार हनन् भइरहेको संकेत प्रतिवेदनमा गरिएको छ । यो प्रतिवेदनपछि अमेरिकाले समेत नेपाललाई भारतीय आँखाले हेर्न थालेको विश्लेषण गरिएको छ । खासगरी मधेसी आन्दोलनकारी र तिब्बती शरणार्थीप्रति ज्यादती भएको कुरा प्रतिवेदनमा महत्वका साथ उठाइएको छ । तर, भुटानी शरणार्थीबारे कहीँकतै उल्लेख नरहेको नरुण साप्ताहिकमा समाचार छ ।

0 comments

Write Down Your Responses