यसकारण पोखरामा झडप, ५ घाइते (तस्विर सहित)
पोखरा सञ्चालन हुन लागेको उज्यालो यातायातको कार्यालयमा झडप भएको छ । झडपमा परी पाँच जना घाइते भएका छन् । काठमाडौमा मुख्य कार्यालय रहेको उज्यालो यातायातले पोखराको जिरो किलोमिटरमा कार्यालय राखेर केहि दिन पछि यातायात सञ्चालन गर्ने तयारी गरेको थियो ।Capture उज्यालोको कार्यालयमा पृथ्वी बस सञ्चालकका व्यक्तिहरुले ढुङगा प्रहार गर्दा उज्यालो यातायातका ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । काकँभिट्टा, पोखरा हुदै बाग्लुङ सम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ उज्यालो यातायातले पोखरामा कार्यालय खोलेको थियो । झडप पछी प्रहरीले कार्यालय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । पोखरामा यातायातमा सिण्डिकेट रहेको भन्दै विरोध हुने गरेको छ । नयाँ समितिले गाडी हाल्नासाथ तोडफोड र आक्रमण हुने गरेको छ । namastenpl.com

0 comments
Write Down Your Responses