काठमाडौंमा महिलाले आफ्नै श्रीमानको लिंग काटिन्
काठमाडौं, १८ साउन । राजधानीमा एक महिलाले आफ्नै श्रीमान लिंग काटेर घाइते बनाएकी छिन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमानलाई हँसियाँ प्रहार गरेको अभियोगमा शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने २६ बर्षीया सन्तमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले सोमबार २९ बर्षीया श्रीमान कान्छामान तामाङलाई घरायसी झगडामा धारिलो हतियार हँसियाले लिङ्ग काटी गम्भीर घाइते बनाएकोले शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments
Write Down Your Responses