प्रधानमन्त्री बन्न प्रचण्डले भरेको फारम यस्तो छ

आमाको नाम लेखेनन् काठमाडौँः प्रधानमन्त्रीका उम्मेदवारले भर्नुपर्ने फारम कस्तो होला ? सबैलाई जिज्ञासा हुुन्छ । विद्यालय, विश्वविद्यालय र कुनै जागिरका लागि भरिने फारम भन्दा धेरै फरक प्रधानमन्त्रीका उम्मेदवारको समेत हुँदैन । एफोर साइजको कागजमा प्रधानमन्त्रीका उम्मेवारले फारम भर्ने गरेका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि भरेको फारम बिहान ११ः २५ बजे व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको छ । फर्ममा व्यवस्थापिका संसदको सदस्यको नाम लेख्ने ठाउँमा पुष्पकमल दाहाल अटाए पनि ‘प्रचण्ड’ शब्दलाई संकेत गरेर अलिमाथि लेखिएको छ । प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डले उमेर, लिंग, ठेगाना प्रष्ट लेखेका छन् तर माता पिता लेख्नुपर्ने ठाउँमा पिताको मात्र नाम लेखेका छन् । हेर्नुहोस् प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डले भरेको फारम:

0 comments

Write Down Your Responses