सेनालाई युद्ध जित्नका लागि तयार रहन चिनियाँ राष्ट्रपतिको आदेश भारत फेरी अर्को खैलाबैला
ठमाडौं, १६ साउन । चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका छन् । अमेरिका, भारत तथा फिलिपिन्स लगायतका देशले दक्षिणी चीन सागर (समुद्र)मा निहुँ खोजिरहेका बेला आइतबार चिनियाँ पिपिल्स लिवरेसन आर्मी (पिएलए)को ८९ औं स्थापना दिवसको अवसरमा बोल्दै राष्ट्रपति सीले युद्धका लागि तयार रहन आदेश दिएका हुन् । राष्ट्रपति सी चिनियाँ सेनाका सर्वाेच्च कमाण्डर हुन् । यहाँ सेना पूर्णरुपमा सत्तारुढ दल (कम्युनिष्ट पार्टी)को नियन्त्रणमा रहन्छ । कम्युनिष्ट पार्टीका अध्यक्ष राष्ट्रपति भएकाले उनी सेनाको प्रमुख हुन्छन् । उनको यस्तो आदेशपछि भारत, अमेरिका लगायतका देशमा नयाँ तरंग पैदा भएको छ । स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति सीले अगाडि भने- ‘युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनुपर्छ । थप मजबुद हुनुपर्छ ।’ यद्यपी चिनियाँ राष्ट्रपतिले चीन को सँग युद्ध लड्दैछ भन्ने खुलाएनन् । भारतीय मिडियाहरुले यो भनाइ भारतलाई लक्षित गरेर आएको दावी गरेका छन् । संसारकै सबैभन्दा शक्तिशाली मानिने चिनिया सेनामा हाल २३ लाख भन्दा बढी जवान रहेको विश्वास गरिन्छ । तर, पछिल्लो समय चीनले सैन्य शक्तिमा कटौती गरिरहेको बताउँदै आएको छ ।

0 comments
Write Down Your Responses