को हुन् भारतीय बाँध भत्काउन लाठी बोक्ने देवनारायण यादव ?
भारतीय पक्षले नेपालीभूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठीको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएका छन् । सप्तरीबासीले नेपालको एक इन्च जमीन पनि भारतलाई नदिने कसम समेत खाएका छन् । सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बीहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा बुधबार र विहीबार नेपालीहरु लाठी लिएर निस्किएका थिए । बालकदेखि वृद्धसम्म नेपाली भूमीको रक्षाका लागि चार घण्टा सम्म भारतीयसित लडिरहे । भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि नेपाली पनि त्यही भूमिकामा उत्रिए । “रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’, बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्याइरहेका थिए । जसको नेतृत्व गर्नेहरु युवा मात्र नभएर अधबैसेहरु समेत थिए । भारतीयसँगको क्रममा भारतीयहरुको कुटाईवाट घाईते भएका तिलाठी–४ का देवनारायण यादवको अवस्था गम्भीर रहेको छ। उनको टाउँको तथा शरिरका अन्यभागमा गम्भीर चोटपटक रहेको सगरमाथा अञ्चल अस्पताल स्रोतले जनाएको छ। यादव सहितका सप्तरीबासीले देशका लागि रगत बगाउन तयार रहेको तर एक इन्च जमीन मिच्न नदिने बताएका छन् । को हुन् देवनारायण यादव ? तिलाठी–४ का देवनारायण यादव एक मातृभूमी प्रेमी नेपाली हुन् । उनी सहितका नेपालीहरु भारतीय बाँध भत्काउन जाँदा कुटिएर घाइते भएका छन् । उनी भारतीय बाँधको विरोध गर्ने अगुवा मध्यैकै एक हुन् । उनले सञ्चारकर्मीहरुसँग बोल्दै भने, “भारतीयलाई नेपाली अस्मितामाथि प्रहार गर्न दिँदैनौ, हाम्रो मातृभूमीको माटो लग्न दिँदैनौ, नेपालीको शरिर मातृभूमीका लागि हो, मातृभूमीको रक्षाका लागि यति रगत बग्नु कुनै ठूलो अर्थ राख्दैन् ।” उनका साथमा तिलाठी–६ का रौशन झा र तिलाठी–१ का हर्षबर्द्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् । दुवै जनाको टाउँकोमा चोट रहेको चिकित्सकले बताए ।

0 comments
Write Down Your Responses