फेरि बोलिन सुजाता :कांग्रेस कार्यकर्ता ओली सरकार ढाल्ने पक्षमा छैनन, देउवाले मनपरी गरे ‘ओलीको राष्ट्रियतासम्बन्धी अडान सही छ’!!
काठमाडौं, १४ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ताहरु नरहेको बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै काँग्रेस नेतृ सुजाताले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गरिन । सभापति शेरबहादुर देउवा र भारततर्फ संकेत गर्दै उनले भनिन– ‘वर्तमान सरकार ढाल्ने हाम्रो र हाम्रा कार्यकर्ताको चाहना होइन् । सत्ता र शक्तिका खेलाडीको चलखेल हो ।’ प्रधानमन्त्री ओलीसमेत सहभागी कार्यक्रममा उनले वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको विचार राखिन ।

0 comments
Write Down Your Responses