ओलीले राजीनामा दिएपछि यस्तो लेखे भारतीय मिडियाले??
काठमाडौं, १० साउन । झण्डै नौ महिना अगाडि प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीमा निय’क्त भएपछि नै भारतीय पक्षको तारो बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवस्थापिका संसद्बाट राजीनामा घोषणा गरेसँगै भारतीय मिडियामा भने यो समाचारले प्राथमिकता पाएको छ । भारतीय नाकाबन्दीको समयमा कडा रूपमा प्रस्तुत भएका ओली विरूद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा समेत बढी प्राथमिकता दिएको भारतीय सञ्चारमाध्यमहरूले राजीनामालाई झनै बढी प्राथमिकता दिएका छन् । भारतको टाइम्स अफ इन्डियाले नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा शीर्षकमा पछाडि ‘मैले राम्रो काम गरेको सजाय पाएँ’ भन्ने उनको भनाई राखेर समाचार प्रकाशित गरेको छ । संसद् भवनमा बोलेको समाचारको भिडियो समेत प्रस्तुत गरेर म’ख्य समाचारको रूपमा प्रकाशित गरेको समाचारमा उनले संसद् भवनमा भाषण गरेका उखानट’क्का य’क्त शब्दलाई बढी प्रस्तुत गरेको छ । त्यस्तै, हिन्दुस्तान डट कमले पनि अविश्वासको मत सामना हुन अगाडि नेपालका प्रधानमन्त्रीले राजीनामा दिए भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । उसले पनि संसद् भवनमा उद्घोषण गर्न’प“र्व राष्ट्रपति समक्ष राजीनामा दिएको उल्लेख पनि गरेको छ । तर इन्डियन एक्सप्रेसले भने यसलाई खासै महत्व दिएको छैन । उसले समाचार त प्रकाशित गरेको छ तर अन्तराष्ट्रिय कोलममा समाचार राखेको छ तर उसले धेरै खोजम’लक ढङ्गले लामो समाचार प्रकाशित गरेको छ । त्यस्तै, जागरण समाचारले पनि समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ । उसले प्रधानमन्त्री ओलीले राजीनामा दिँदै गर्दा ‘मेरो असल कर्मको सजाय मिल्यो’ भने भनेर समाचारको शीर्षक चयन गरेको छ । यसरी भारतीय मिडियामा पनि नेपाली समाचारको चासो बढ्ने गरेको क’रा पनि यस्ता समाचारबाट प’ष्टि ह’न्छ । तर केपीओली नेतृत्वको सरकारसँग भने भारतको अझ बढी चासो रहेको विश्लेषण गरिन्छ । हाम्राकुरा बाट


0 comments
Write Down Your Responses