ओली देशलाई माया गर्ने असल प्रधानमन्त्री, सधै सम्झनामा रहनेछः कमल थापा
काठमाडौं, ९ साउन । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओलीलाई देशलाई माया गर्ने असल प्रधानमन्त्री बताउनुभएको छ । ओलीले पदबाट राजीनामा दिएपछि आइतबार राति ट्वीटरमार्फत थापाले देशलाई माया गर्ने प्रधानमन्त्रीसँग काम गर्न पाउँदा खुसी लागेको धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले ट्वीट गर्नभएको छ- ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना संधै रहनेछ । तपाईसँग काम गर्न पाएकोमा खुसी छु ।

0 comments
Write Down Your Responses