धनकुटाको सिधुवामा बस दुर्घटना, पुर्व अर्थराज्यमंत्री सहित सातको मृत्यु, दर्जनौं घाईते- हेर्नुहोस भिडियो


धनकुटा १३ साउन | धनकुटाको सिधुवा बजार नजिक बस दुर्घटना हुदा पुर्व अर्थराज्य मत्री हरीराज खेवा सहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई दर्जन बढी घाईते भएको प्रहरीले जनाएको छ । खुवासभाको मुढेसनिश्चरेवाट धरान तर्फ जाँदै गरेको वा.२.ख ७३६६ नम्बरको बस आज दिउँसो धनकुटाको परेवादिन–५ मा पल्टिएको हो । दुर्घटनामा परी पुर्व अर्थराज्य मन्त्री खेवा सहित ३ पुरुष, ३ महिला र एक वालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताउँनुभयो । उहाँका अनुसार अन्य मृतकको सनाखत हुन वाँकी छ । र्घटनामा परी घाईते भएकाहरुलाई उद्धारको काम भईरहेको छ । घाईतेहरुलाई जिल्ला अस्पताल, धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगायत स्वास्थ्य सस्थामा उपचारका लागी लैजाने काम भईरहेको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम सहित हिले, सिधुवा लगायत क्षेत्रबाट प्रहरी घटनास्थलमा उद्धारका लागि खटाईएको छ ।

0 comments

Write Down Your Responses