तिनाउ किनारका बस्तीमा बाढी रोकिएन, १५ घर बगे, पुल पनि बगायो=,हेर्नुहोस भिडियो
श्रावण ११, २०७३- तिनाउ नदीमा आएको बाढीले वारी बुटवलबाट देवीनगर हुदै मोतीपुर जोड्ने बुटवल १३ मा रहेको झोलुड्गे पुलमंगलबार बिहान बगाएको छ । २ सय २० मिटर लामो उक्त पुल २०६२ सालमा बनेको थियो । यो पुलहुदै बुटवल १३को पल्लोवस्ती मोतीपुर अमुवा हुदै एक दर्जन गाविसमा जाने गरिन्थ्यो । बाढीले तिनाउ नदी किनारका १५ घर बगाएको छ । दुर्गानगर, न्यु दर्गानगर, सिमानगर, खयरघारी लगायतका २ सय बढी घर डुवानमा छन् । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका ६ हजार बढी व्यक्ति जोखीममा छन् । तिनाउ नदीको बहाव केही घटेपनि आसपासको जमिन काट्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सुरक्षा निकायले नदीको जोखीममा रहेकालाई आपतकालिन उद्धार तीब्र पारेको बुटवल प्रहरीका डिएसपी महेन्द्र खड्काले बताए । शव्द/तस्विर अमृता अनमोल, कान्तिपुर

0 comments
Write Down Your Responses