सलमान खानको घरबाहिर एक युवाले गरे आत्महत्या
बलिउड–कालो हरिण मारेको आरोपमा लामो समय मुद्धा खेपिरहेका बलिउड ‘सुल्तान’ सलमान खानलाई अन्तत अदालतले सफाइ दिएको छ । सलमान खानले सफाइ पाएपछि उनका फ्यानहरुले खुसीयाली मनाएका थिए । तर यस्तैमा उनको घरबाहिर एक फ्यानले आत्महत्या गर्ने प्रयास गरेका छन् । सोमबार बिहान मुम्बइदेखि सलमानको घरसम्म तथा जोधपुरमा रहेको हाइकोर्टसम्म सलमानका कारण ठुलो हलचल मच्चिएको थियो । तर अदालतले सफाई दिएपछि त्यो खुसीमा रमेका फ्यानले भने आत्महत्याको प्रयास गरे । सलमानको घर अगाडि आत्महत्याको प्रयास गरेका ती फ्यानलाई प्रहरीले अस्पताल पुर्याएको छ । करिब २५ वर्षका ती युवाले एकपत्र लेख्दै आत्महत्या गर्न खोजेको प्रहरीले बताएको छ । पत्रपढेपछि उक्त युवाको गोजीमा प्रहरी पुन राखिदिएको थियो । पत्रबारे प्रष्ट रुपमा प्रहरीले बताएको छैन । खुसीयाली मनाइरहेका युवाहरुबिच ती युवा मुखबाट गाँज निकाल्दै रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । ती युवाको हाल हस्पिटलमा उपचार भइरहेको छ ।

0 comments
Write Down Your Responses