कमाउन हिँडेको दुई दिनमै बाकसमा घर फिर्ता

काठमाडौं, ५ वैशाख । खोटाङ–खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्षी राई दुबई जाने अन्तिम तयारीमा थिइन् । हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन् । गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा वितिन् । विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट विदा भएकी लक्षीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन् । विदेशबाट बहिनीले पठाएको पैसा बुझ्ने आसमा आशिर्वाद लिएर बिदा गरेका दाइ अभयकुमार राईले उल्टै बहिनीको शव बुझ्नुपर्यो । समस्या परेका बेला पैसा पठाइदिन्छु भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्यािइयो । वैदेशिक रोजगारीका सिलसिलामा लक्ष्मी यसअघि पनि साइप्रस पुगेकी थिइन् । साइप्रसमा सोचेजस्तो कमाइ नभएपछि फर्किएकी उनी पहिले डुबेको लगानीसमेत उकास्ने सोचका साथ विदेशिने तयारीमा रहेको नागरिक दैनिकमा समाचार छ । प्रकाशित

0 comments

Write Down Your Responses