भारतबाट दुबईका लागि उडेको जाहाजमा भीषण आगलागि

एजेन्सी, साउन १९- भारतबाट उडान भर्ने इमिरेट्स एयरलाइन्सको एउटा विमानले दुबई इन्टरनेशनल एयरपोर्टमा क्रश ल्यान्डिङ गरेको छ । समाचारमा जनाइए अनुसार उक्त विमानमा ३०० यात्रु सवार थिए । अल अरबिया न्यूज च्यानलले आफ्नो ट्वीटमा जहाजमा आगो लागेको तस्बिर समेट पोष्ट गरेको छ । उक्त जाहाज भारतको त्रिवेन्दम बाट दुबई गैरहेको थियो । दुर्घटनाको कारण र मानविय क्षतिका बारेमा कुनै जानकारी गराइएको छैन ।

0 comments

Write Down Your Responses