सरकारले राम्रो काम गरेको भन्दै कांग्रेस माओवादी कार्यकर्ता एमाले प्रवेश!!

भक्तपुर, २२ साउन– भक्तपुरस्थित अनन्तलिंगेश्वर नगरपालिका–१४ मा साढे तीनसय युवाहरु एमाले प्रवेश गरेका छन् । सरकारको नेतृत्व गर्दा राष्ट्रिय स्वाधीनता र आर्थिक विकासको सोच अघि सारेको जनाउँदै कांग्रेस, माओवादी र राप्रपाका जिल्लास्तरीय नेता शनिवार एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टी प्रवेश गराउन पूर्वअर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेल र एमालेका युवा नेता महेश बस्नेत पुगेका थिए । गुण्डु किवाचोकमा आयोजित कार्यक्रममा उनीहरुले एमाले सरकारबाट राम्रो काम गरेर बाहिर निस्केकाले आफूहरु एमाले प्रवेश गरेको वताए । नव प्रवेशी राप्रपाका जिल्ला सदस्य कृष्णप्रसाद खतिवडा र तरुण दलका जिल्ला सदस्य दिनेश थापा लगायतले बोल्दै गाउँको र देशको बिकास निर्माणमा, राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा नेकपा एमालेले खेलेको भूमिकाबाट प्रभावित भएर पार्टी प्रबेश गरेको बताए ।

0 comments

Write Down Your Responses