आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर दुई तथा खाना पकाउने एलपी ग्यासमा २५ घटाइएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ९७, डिजेल ७३, मट्टितेल ७३ र खाना पकाउने ग्यास एक हजार ३७५ कायम हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन । यसअघि निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

0 comments

Write Down Your Responses