नेपाली छोरी कञ्चन अमात्य अमेरिकी संसद प्रतिनिधिसभामा छनोट

काठमाडौँ, २२ साउन - ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन्। उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो। अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेवारी पाएकी हुन् । सानो उमेरदेखि नै सफलताको खुट्किलो चढ्दै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन्। जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन्। मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट)तहमा अध्ययनरत छिन्।

0 comments

Write Down Your Responses