बालुवाटार छाडेर जुलुससहित बालकोट जाने ओलीको तयारी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै प्रधानमन्त्री निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट सर्ने तयारी थालेका छन् । अहिले प्रधानमन्त्री निवासबाट ओलीका सामान निकालेर बालकोट लैजान थालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । व्यवस्थापिका संसदको बैठकपछि सरकारी निवास छाड्ने तयारी गरेका ओली जुलुससहित बालकोट पुग्नेछन् । ओलीलाई उनका समर्थकले नयाँ बानेश्वरमा स्वागत गर्दै बालकोट सम्म पुर्‌याउने तयारी छ । गत अशोज २४ गते प्रधानमन्त्री बनेपछि ९ महिनासम्म ओली सरकारी निवास बालुवाटारमा बसेका थिए ।

0 comments

Write Down Your Responses