गुहार भन्दा भन्दै सुतिरहेका श्रीमानको श्रीमतीकै अगाडी बिभत्स हत्या , श्रीमानलाई ओछ्यानमै छप्काए

धरान,१५ साउन । सुनसरीको धरान १५ को निराजन बस्तीमा शनिवार बिहान एक ब्याक्तीको धारीलो हतियार प्रहार मृत्यु भएको छ । बिहान ३ बजे ओछयानमा सुतिरहेकोबेला हतियारधारी समुहले आक्रमण गरी धरान १५ निराजन बस्तीका २३ बर्षीय चुचु भनिने दिपक राइको हत्या गरेका हुन । गम्भिर घाइते भएका राइको उपचारकोलागि धरान स्थित बिपी प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको धरान प्रहरीले जनाएको छ । बिहानै उज्यालो नहुदै कसैले ढोकामा ढकढक पारेपछि ढोका खोली कोहो भनेर सोध्न खोज्दा जबरजस्ती भित्र छिरेर ओछयानमा रहेका श्रीमानलार्इ खुकुरी प्रहार गरी फरार रहेको मृतक दिपककी श्रीमती अस्मिता रार्इले बताइन । ओछयानमा सुतेका श्रीमानलार्इ अन्धाधुन्दा धारीलो हतियारले प्रहार गर्न थालेपछि आफुले गुहार मागेको त्यतिकैमा उनिहरू फरार रहेको उनले बताइन । यता हत्या अभियोगमा प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा निराजन बस्तीकै २६ बर्षीय शक्ती बेघा लिम्बु रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ लिम्बुको बिषयमा थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक रमेश श्रेष्ठले बताए ।

0 comments

Write Down Your Responses