मकवानपुरमा एकाबिहानै दुई बस जुध्दा ९ जनाको मृत्यु, ३२ घाइते हेर्नुहोस भिडियो

मकवानपुरः मकवानपुरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले अन्नपूर्ण पोस्टलाई जानकारी दिए । तीन दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको थियो भने एकको उपचार गर्दागर्दै ज्यान गएको हो । काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं आइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटना राति करिब एक बजेको समयमा भएको भन्दै गौतमले कारण खुल्न नसकेको र दुर्घटनास्थलको प्रकृति हेर्दा एउटा गाडीले सेन्टरलाईन क्रस गरेको बताए । उनले भने–‘दुर्घटनाको कारण अहिले खुल्न सकेको छैन । दुवै बसका चालक गम्भीर घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएपछि केही थाहा होला । यात्रुहरुले आफूहरुलाई बस ठोक्किएको मात्र थाहा छ अरु थाहा छैन भनेका छन् । दुर्घटनामा परी घाइते भएकाहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसअघि २०७१ कात्तिक १५ गते राति पनि इलामबाट काठमाडौं आउँदै गरेको रात्रिबस र काठमाडौंबाट विराटनगर जाँदै गरेको रात्रिबस मकवानपुरकै बासबाढीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । सो दुर्घटना पनि दुर्इ बस एकआपसमा ठोकिएर भएको थियो । पछिल्लो समय यात्रुबहाक बस दुर्घटनाको क्रम बढेको छ । बिहीबार मात्र धनकुटाको सिधुवामा भएको दुर्घटनामा पूर्वराज्यमन्त्रीसहित १५ जनाले ज्यान गुमाएका थिए ।

0 comments

Write Down Your Responses