५० बर्षको ईतिहासमै सबै भन्दा ठुलो पानी पर्यो गुल्मीमा, खाली भयो कराड्गतुड्गको कराङ्थाना

केहि दिन देखी परिरहेको अबिरल बर्षाले गुल्मीको कयौ ठाँउमा पहिलो गएर जनधनको क्षति भएको छ । त्यस्तै कालिगण्डकी नदि र बडिघाट आसपासका बस्तीहरु रुपाकोटको सोता, चोरकाटे, उल्लिखोला, रिडी, सेतिबेनीको तल्लो भाग डुबानमा परेका छन् । रिडी बजारको बगरमा रहेका टहराहरु बगाएको छ । पचास बर्षकै ईतिहासमा सबै भन्दा ठुलो पानी परेको बुढापाकाहरु बताउँछन् । चोरकाटे बजारमा पानी पसेको छ भने खेतहरु बगाएको छ । भौतिक क्षतिको पूर्ण बिबरण आईपुगेको छैन भने बाढीबाट मानबिय क्षति भएको छैन तर अविरल वर्षा संगै गएको पहिरोले घर पुरिदा गुल्मीमा ५ जनाको मृत्यु भएको छ । गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको हो । केहि दिनदेखी परिरहेको अबिरल बर्षाले भुर्तुड्ग गाबिसको कराड्गतुड्गको करानथानामा घर माथिबाट पहिरो गएपछि बस्ति नै प्रशासन ले खाली गराएको छ । करानथानामा गगन बहादुर कार्कीको घर पहिरोमा परेको छ भने थप क्षतिको आशंकामा करानथानामा रहेका पाँच घरहरु भुर्तुड्ग प्रहरी चौकीले खाली गराएर कराड्ग तुड्ग ल्याएको छ । अबिरल बर्षाले कराड्ग तुड्गमा दुर्गा बहादुर सुबेदीको घरभत्काएको छ । भुकम्पले चर्काएको सुबेदीको घर अहिले ध्वस्त पारेको छ । भुर्तुड्गका समाजसेवी गोपाल श्रेष्ठले करानथानाबाट पिडितहरुलाई उद्धार गरेर कराड्गतुड्ग ल्याएको र आबस्यक सामाग्रीको ब्यावस्था गर्न लागेको बताएका छन । पहिरोले गुल्मी-भुर्तुड्ग सम्पर्क समिति (भारत) का अध्यक्ष टिका बहादुर कार्की, किशन कार्की, तेज बहादुर कार्की र मान बहादुर कार्कीको घरलाई पनि थप क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले उच्च सावधानी अपनाएको छ ।

0 comments

Write Down Your Responses