मोटरसाइकल/स्कुटरको मूल्य ७ हजारसम्म बढ्यो

नयाँ आर्थिक वर्ष २०७३/७४ मा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ। कम्पनीकाअनुसार दुई पांग्रेको मूल्य २ देखि ७ हजार रुपैयाँसम्म वृद्धि भएको छ। सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सडक स म्भार तथा निर्माण र वार्षिक कर बढाएपछि सवारीसाधनको मूल्य पनि सोहीअनुसार बढेको हो। सरकारले सवारीसाधनको इन्जिन क्षमता (सिसी) अनुसार १ हजारदेखि ५ हजार रुपैयाँसम्म कर बढाएको छ। नेपाली बजारमा उपलब्ध सबैजसो कम्पनीका अधिकांस मोडलका दुइपांग्रेको मूल्य बढेको छ। अग्रणी स्थानमा रहेको होन्डाका विभिन्न मोडलमा ३ देखि ५ हजार रुपैयाँसम्म मूल्य बढेको कम्पनीका सेल्स एक्ज्यूकेटिभ अनुप थापाले जानकारी दिएका छन्। होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालि हो। थापाका अनुसार होन्डाका लोकप्रिय मोडलका दुई पांग्रेको नयाँ मूल्य यस्तो छ।

0 comments

Write Down Your Responses