ओली सरकार ढले पछि भारत भन्छ अब नेपाली राजनीतिमा हाम्रो पनि हुकुम चल्ने

काठमाडौ, ११ साउन । नेपालको राजनीतिमा लामो समयदेखि भारतको प्रभाव रहँदै आएको छ । केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनमा भारतीय प्रभाव फेरि सघन भएर आउने विश्लेषण गरिएको छ । ओलीको राजीनामा र नेपाली राजनीतिमा त्यसको प्रभावका बारेमा भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ खबर बनाएका छन् । kp-modi1हिन्दुस्तान टाइम्सले पत्रकार प्रशान्त झाको विश्लेषण छापेको छ । पत्रकार प्रशान्त झाको विचारमा ओलीको राजीनामा नेपाली राजनीतिमा भारतीय प्रभावको पुनरागमन हो । पत्रकार झाले लेखेका छन् ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको राजीनामाले जातीय विविधता र राजनीतिक रुपले विभाजित देशमा जातीय बहुसंख्यकवाद र अति राष्ट्रवादबिच स्पष्ट सीमा देखाएको छ । यसले तराई र पहाडबिच रहेको ध्रुबिकरण सुल्झाउने बाटो खोलेको छ, जुन ओलीको शासनकालमा थप बलियो भएको थियो ।’ ओलीको राजीनामासँगै नेपालको राजनीतिक परिदृष्यमा भारतको पुनरागमन भएको झाको विचार छ । पत्रकार झाले लेखेका छन् ‘गएको वर्ष केही राजनीतिक उपलब्धी हासिल गर्न नसकेको भारत फेरि नेपालको राजनीतिक परिदृष्यमा फर्किएको छ । यस्तै यसले दक्षिण एसिया विविधत युक्त प्रजातन्त्रमा चीनलाई सुक्ष्म व्यवस्थापन गर्न कठिन रहेको पनि देखाएको छ । ’ ओलीले राजीनामा दिएपनि धेरै कठिनाइ रहेको झाले लेखेका छन् । मधेसी समुदायको चित्त बुझाउने गरी संविधान संशोधन गरेर उनीहरुलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउनु सबैभन्दा ठूलो चुनौती हो । झाले लेखेका छन् ‘ओली लामो समयदेखि दिल्लीका हितैसी रहेको तर भारतले पहिले उनीसँग र त्यसपछि प्रचण्डसहितका अरु कम्युनिष्ट नेतासँग सम्बन्ध बनाएको हो । तर ओली वैचारिक रुपमा भने उदार छैनन् । ओलीले नेपालको विविधताको सम्मान गरेनन् । ओलीले देशको भौगोलिक विविधतामा कुनै समस्या देखेनन् । ओली आरक्षणको विपक्षमा थिए । उनले एकजना भारतीय कुटनीतिज्ञसँग भनेको थिए–क्रिकेट टिममा आरक्षण हुन्छ ? कुनै त्यस्तो डाक्टर देख्नुभएको छ जो आरक्षणबाट आएको होस् ?, यस्तो विचरा जातीय तथा भौगोलिक विविधताका कारण उत्पन्न असन्तुष्टी सल्ट्याउन बाधक बन्यो । दिल्लीको सल्लाह मान्नुको साटो ओली बहुसंख्यकवादी बने, जसले अति राष्ट्रवाद जन्मायो । भारतले नेपाललाई सिक्किम वा भुटान जस्तै बनाउन चाहेको रुपमा प्रस्तुत गरियो । ओलीको यो विचार पहाडे रुढिवादीका लागि संगीत सरहभयो ।’ श्रोत उज्यालो अनलाइन

0 comments

Write Down Your Responses