मकवानपुरको मनहरीमा विपरीत दिसाबाट आएका दुई बस जुध्दा, ९ जना यात्रुको मृत्यु, ३१ घाइते

काठमाडौं, १६ साउन - मकवानपुरको मनहरीमा-३ स्थित रमनटारमा आइतबार बिहान काठमाडौंबाट गाइघाटतर्फ गइरहेको बस र काकडभिट्टाबाट काठमाडौं आइरहेको बस एक आपसमा जुध्दा ९ जना यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ। यसैगरी ३१ जनाको घाइते भएका छन्। मृत्यु हुनेमा ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरीले जनाएको छ। काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस एकआपसमा बिहान साढे ३ बजे ठोक्किएका हुन्। मृतकमहरूको पहिचान खुलिसकेको छैन। घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

0 comments

Write Down Your Responses