सम्बोधनमा भारतविरुद्ध खनिए ओली, देशलाई अब प्रयोगशाला बनाउन नदिने =हेर्नुहोस भिडियो
काठमाडौं, ३० चैत । २०७२ सालको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
मंगलबार अपराह्न मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले २०७२ सालमा नेपालले महत्वपूर्ण उपलब्धि प्राप्त गरेको बताए ।
उनले संविधान निर्माणलाई महत्वपूर्ण उपलब्धि भन्दै प्रधानमन्त्री ओलीले बाह्य हस्तक्षेपको चलन पनि तोडिएको बताए ।
भारतको नांगो हस्तक्षेपतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अब देश विदेशीको प्रयोग नबन्ने भन्दै आफ्नै बलबुतामा विकास र समृद्धिलाई अगाडि बढाउने बताए ।
वार्ताबाटै समाधान खोज्न आन्दोलनरत मधेसवादी दललाई आग्रह गर्दै ओलीले सहमतिमा आउन अपील पनि गरेका छन् ।

0 comments
Write Down Your Responses