दोलखालाई केन्द्रविन्दू बनाएर भर्खरै नेपालमा गयो भूकम्प

काठमाडौं, ३० चैत । नेपालमा मंगलबार राति फेरि भूकम्प गएको छ । राति ८ बजेर २६ मिनेटमा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यसवर्ष चार सय भन्दा बढी धक्काहरु महसुस गरिएका छन् । यसअघि ललितपुर केन्द्रविन्दू भएर शनिबार राति ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

0 comments

Write Down Your Responses