परीक्षा सकेर बसेका छोराछोरी लिन जाँदा छोराछोरी लिएर सासु बेपत्ता
पोखरा– आफ्नै सासुले दुई बच्चा लिएर बेपत्ता भएपछि पोखराका ज्ञानबहादुर थापा अहिले निकै तनावमा छन् । आफ्ना ५ वर्षीय छोरा अंकित थापा र ९ वर्षीया छोरी आकृति थापालाई लिएर सासु वेपत्ता भएपछि ज्ञानबहादुर प्रहरीको शरणमा पुगेका छन् । तर, तीन दिनसम्म प्रहरीले ज्ञानबहादुरको सासु र दुई बच्चालाई भेट्टाएको छैन । ज्ञानबहादुर मालेपाटन नजिकै भाडाका घरमा बस्थे । उनको मोटरसाइकल वर्कसप छ । छोराछोरी सासु सुनिता थापासँग नयाँ बजारमा बस्थे । नयाँ बर्षको दिन अर्थात बुधवार छोराछोरी लिन उनी सासु सुनिताको कोठामा पुगे । त्यहाँ पुग्दा कोठा खुलै थियो, समान पनि थिएनन् । स्थानीयले छोराछोरी कहाँ छन् ?, भनेर ज्ञानबहादुरलाई सोधे । pokhara परीक्षा सकेर बसेका छोराछोरी लिन गएका ज्ञानबहादुर त्यतिबेला झसङ्ग भए, जव स्थानीयले उल्टै छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गरे । त्यसपछि उनले सासु सुनितालाई फोन डायल गरे । सुनिताले प्रयोग गर्ने दुवै नम्वर अफ थिए । बच्चा लिएर सासु बेपत्ता भएपछि ज्ञानबहादुरले खोजबिन शुरु गरे । सासु र दुबै बच्चाको फोटोसहित प्रहरीका निवेदन दिए । ज्ञानबहादुर भन्छन्, ‘सासुको दुबै नम्बर अफ थिए । बच्चा घरमा थिएनन् । त्यसपछि म प्रहरी कहाँ गएँ ।’ जब स्थानीयसँग ज्ञानबहादुरले कुरा गरे, त्यसबेला थाहा पाएँ सासु नयाँबजारको कोठाबाट चैत २९ नै निस्किएकी रहिछिन् । ज्ञानबहादुरले जुन दिन ४२ वर्षीय सासु वेपत्ता भएको थाहा पाएका थिए, त्यसपछि निरन्तर मोवाइलमा डायल गरिरहेका छन् । तर, ज्ञानबहादुरकी सासु सुनिताको मोवाइल बन्दको बन्द नै छ । ज्ञानबहादुरले इराकमा रहेकी पत्नी दयालाई सबै कुरा बताएका छन् । तर, पत्नी गम्भिर नदेखिएको ज्ञानबहादुरको गुनासो छ । ‘मैले फोनमा सबैकुरा भने । उनी चिन्तित देखिनन् । बरु तिमीले छोराछोरी जेसुकै भनेर मलाई भनिन्,’ उनले भने । ज्ञानबहादुरले सासुलाई खोजको खोज्यै छन् । चिनेजानेकासँग कुरा गरेका छन् । तर, न सासु सम्पर्कमा छिन, न बच्चा नै यहाँ छन भन्ने यकिन सूचना पाएका छन् । बरु सासु आमा बालबच्चा सहित कोठाका सामान ट्रकमा राखेर फरार भएको ज्ञानबहादुरले सूचना पाएका छन् । ज्ञानबहादुरको सासु सुनिताले छिमेकीलाई नजिकै कोठा सरेको बताएकी थिइन् । कोठमा सासु एक्लै थिइन् । त्यो कोठा पनि ज्ञानबहादुर आफैले व्यवस्था गरेकी थिए । नाबालक बच्चा खोजिदिने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार उजूरी हालेका थिए । उनी विहिवार थप बुझ्न प्रहरीकहाँ गए । तर, केही प्रगति नभएको जानकारी पाए । प्रहरीले काठमाडमौंमा फोटो पठाएर खोजविन गर्ने आश्वसन दिएको ज्ञानबहादुर बताउँछन् । ज्ञानबहादुरका अनुसार महिला प्रहरीले ‘घर किन मिलाउन नसकेको’ भन्दै ज्ञानबहादुरलाई नै झपारेका थिए । घर झगडाको असर नौ महिना अगाडि ज्ञानबहादुरले पत्नी दया थापालाई वैदेशिक रोजगारीको शिलसिलामा इराक पठाएका थिए । ज्ञानबहादुरका अनुसार इराक गएको दुई महिनापछि पत्नी दया क्रमश टाढा–टाढा देखिन थालिन् । ज्ञानबहादुरले पत्नी दयाको बुटवलका केटासँग सम्बन्ध रहेको आंशका गरे । यही विषयमा पति–पत्नीबीच झगडा हुन थाल्यो । दयाले उताबाट पैसा पठाउन पनि छाडिन् । ज्ञानबहादुर भन्छन्, ‘नौ महिनामा ८० हजार रुपैयाँ मात्र आयो । विदेश पठाउँदा लागेको ऋण पनि तिर्न सकेको छैन ।’ ज्ञानबहादुरका अनुसार पत्नी दयाले आफुलाई पैसा नपठाएर कहाँ पठाउँथिन् भन्ने प्रश्न गर्न थालेका छन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘इराक गएको मान्छेले पैसा राम्रै कमाउँछन्, तर मसँग पैसा आएन ।’ ज्ञानबहादुरका अनुसार उनको सासुसँग पनि त्यति राम्रो सम्बन्ध थिएन । उनले बताए अनुसार सासुले दुई वटा विवाह गरेपनि सम्बन्ध–विच्छेद गरेर बसेकी थिइन् । यही विषयमा एक दिन सासु र ज्वाईंबीच मनमुटाव भयो । ज्ञानबहादुर सासु सुनितालाई भनेको कुरा भन्छन्, ‘तपाईंले छोरीलाई पनि आफूजस्तै बनाउनुहुने भयो । यसो नगरेको भए राम्रो हुन्थ्यो ।’ यो कुरा सासुको मनमा विजेको हुनसक्ने ज्ञानबहादुर मान्छन् । ज्ञानबहादुरको अनुमान ज्ञानबहादुर सासु र पत्नी मिलेर यो हर्कत गरेको अनुमान गर्छन् । उनी अनुसार पत्नी दयाकै योजनामा सासुले आफ्ना बच्चा लिएर हिँडेको आशंका गर्छन् । भन्छन्, ‘सासु र पत्नीले जे गरुन् मलाई मतलब छैन । मलाई मेरा बच्चा चाहिए ।’ पत्नी दयाको योजनामा ज्ञानबहादुरले परिवार नियोजन गरेका थिए । ‘मेरा बच्चा सासुले लिएर हिँडिन्, मैले परिवार नियोजन गरेको छु । मेरो बच्चाको चाहना कसरी पूरा गर्ने ?,’ उनले दुःखेसो पोखे ।

0 comments
Write Down Your Responses